निगमले तेलको भाउ बढायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

निगमले तेलको भाउ बढायो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढाएको छ । निगमले आजदेखि अर्थात शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाएको हो ।

आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको जानकारी दिए । हवाई ईन्धन तथा एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार ११:२२ 13 December, 2020 11:22 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।