महालक्ष्मी विकास बैंक पनि कर्पोरेट पे प्रणालीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक पनि कर्पोरेट पे प्रणालीमा



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ती बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “Corporate PAY“ प्रणालीको सुरूवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग हिजाे (मंङ्सिर २५ गते, बिहिबार) सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

बैंकले व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत Connect IPS अथवा NCHL-IPS रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछ ।

Corporate PAY मा आवद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यस पश्चात प्रयोगकर्ताहरू आफैले तोकिएको सिमा कारोबार भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।

त्यसैगरी, यस प्रणालीमा पहुँच पाउन Multi-Layer Authentication को सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अपु्रभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । ग्राहकले आवश्यकता अनुरूप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार १३:१८