एनआईसी एशिया बैंकको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकको शेयरमूल्य समायोजन



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । साथै, बैंकको कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा बिहान ९ बजे हुने जनाएको छ ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार ११:०२