दोहोरो अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दोहोरो अंकले बढ्यो नेप्से



काठमाडाै । साताको पहिलो दिन (आज) आइतबार शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अंगले बढेको हो ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.४९ अंकले बढेर एक हजार ६४८.४९ मा पुगेको छ । नेप्से ०.७६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५७ अंकले बढेर ३२५.९४ मा पुगेको छ ।


कूल १९८ वटा कम्पनीको १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार १५:३१