मिथिला लघुवित्तको नाफा कति कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिथिला लघुवित्तको नाफा कति कमायो ?



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो नाफा लघुवित्तको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे ३ गुणा अर्थात २४२.५२ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी बढेसँगै अन्य सञ्चालन आम्दानी बढ्को र निष्क्रिय कर्जा घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७ लाख ९५ हजार रुपैयाँ बढेर २ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ६९ लाख रुपैयाँबाट बढेर १ करोड १६ लाख रुपैयाँ, र सञ्चालन मुनाफा ७१ लाख ८४ हजार रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ । निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.१४ प्रतशितविन्दु घटेर १.३८ प्रतिशतमा झरेको छ । यससँगै, गत आवको असोज मसान्तमा सम्भावित जोखिम बापतको व्यवस्थामा २८ लाख ३९ हजार रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिको यस्तो व्यवस्था बापत ६३ हजार रुपैयाँमात्र छुट्याएको छ । यसले लघुवित्तको सञ्चालन मुनाफा बढाउन टेवा पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ३१ लाख ८८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । जसले गर्दा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा कायम भएको छ । त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १४.३३ गुणा कायम भएको छ ।

१२ करोड १७ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ४५ लाख हजार ६७ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा ६ करोड ३४ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा लघुवित्तले ९१ करोड ४१ लाख ९१ हजार रुपैयाँ सापटी तथा ४१ करोड १६ हजार ६३ रुपैयाँ निक्षेपबाट १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार १३:५६