सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार शुरु



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार शुरु भएको छ । प्रि ओपनिङ सेसनमा कारोबार भएसँगै कम्पनीको नियमित सेसनको कारोबार खुला भएको हो ।

पहिलो कारोबार दिन सानिमा जनरल इन्स्योरेन्सको प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबार भएको छ ।

नियमित सेसनमा भने कारोबारको आधा घण्टासम्म खरिद र विक्री कर्ता कुनै देखिएका छैनन् ।

सानिमा जनरलको संस्थापक तर्फको ७० लाख कित्ता र सर्वसाधारण तर्फको ३० लाख गरी कुल १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३ दशमलव ७३ देखि ३११ दशमलव १९ रुपैयाँसम्मको मूल्य तोकेको थियो । कम्पनीले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार १२:४३