एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने



एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आव २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीकाे २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्तिक ४ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकले २० प्रतिशत लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ । बैंकले सेयरधनीलाई १ अर्ब ९४ अर्ब रुपैयाँको बोनस सेयर र ९ करोड ७२ लाख रुपैयाँको नगद लाभांश दिने छ ।

बैंकले गत आव. २०७६/७७ मा प्रति शेयर आम्दानी ३१.८९ रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो ।

बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १७:४६