नबिल बैंकको भिडियोमा आखिर के छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको भिडियोमा आखिर के छ ?



काठमाडौँ । नबिल बैंक लिमिटेडले कार्तिक एक गते शनिबार अर्थात् घटस्थापनाकाे दिन सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियाे सार्वजनिक गर्याे, जुन भिडियाे अहिले जताततै भाइरल बनेकाे छ ।

सबैकाे मन चुम्न सफल उक्त भिडियाे महान पर्व दशैंलाई लक्षित गर्दै बनाइएकाे छ । डिजिटल कारोबारलाई पाेत्साहन गर्दै बनाइएकाे विज्ञापनमुलक यस भिडियोले सम्पूर्ण नेपालीकाे मन छाेएकाे छ । अहिलेकाे विषम परिस्थिती, महामारीले मच्चाएकाे आतंक र चाडपर्व यस्ता सबै कुरालाई समेटेर बनाइएकाे याे भिडियाे साँच्चै नै उदाहरणीय छ । हजाराैँ वाक्यले बाेल्न नसक्ने कुरा याे एउटा यथार्थपरक भिडियाेले बाेल्दछ ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १२:१२