काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार कात्तिक २ गतेदेखि रोक्का भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस कम्पनीलाई प्राप्ती गर्न लागेकाले नेप्सेले कारोबार रोक्का गरेको हो ।
तिनाउ मिसन डेभलपमेण्टको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९६ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनीले कात्तिक १ गते प्राप्ती सम्झौता गरेका हुन ।
Comment