सानिमा बैंकको १३.६० प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको १३.६० प्रतिशत लाभांश घोषणा



काठमाडाै । सानिमा बैंकले १३.६० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८० करोड रहेको छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १४:३८