नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित



नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको सम्पन्न विशेष साधारणसभाले फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभ्न लागेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् ।

४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि बैंकको चुक्ता पूँजी १४.३७ अर्ब हुनेछ । साथै प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

बैंकले ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १२:२२