अडिटरले मुक्तिनाथ विकास बैंकबाट बिना धितो ऋण पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अडिटरले मुक्तिनाथ विकास बैंकबाट बिना धितो ऋण पाउने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्ने गरी बैंकले सो सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताले लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।

अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एवमं लेखा व्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्लाकार्य समिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानद गर्दै आईरहेको छ ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार १६:४३