माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर



काठमाडौं । माछापुच्छ्रे बैंकले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ ।

नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।

गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैंकले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ ।

मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैंकको आधारदर ८.४२ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकले तय गरेको स्थिर ब्याजदर अनुसार होमलोन, अटो÷हायर पर्चेज लोन र अन्य खुद्रा लोनका लागि स्थिर ब्याजदर कायम गरिएको छ ।

होमलोनमा ५ वर्ष अवधिका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याजदर तय गरिएको छ ।

त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९.८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ । अन्य खुद्रा ऋणका लागि भने ५ वर्षसम्मको अवधिका लागि १०.२४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११.२४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२.२४ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार १६:२०