जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार कुमारी क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार कुमारी क्यापिटल



काठमाडाैं । जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल चयन भएको छ । हालै मात्र आईपिओ जारी गरेको जनरलले कुमारी क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यस संगै अब जनरलको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही कुमारी क्यापिटलले गर्ने भएको छ ।

कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भई लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ । नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार १०:३७