एनएमबि बैंक र किया अटोमोबाइलबिच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक र किया अटोमोबाइलबिच सम्झाैता



काठमाडाै । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजिङ्ग बीच कर्जा सम्बन्धमा सम्झौता भएको छ । किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

साझेदारी अनुसार एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्ने छ । दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसँगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्ने जनाइएको छ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङ एन्टरप्राइजेजका तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २५ आश्विन २०७७, आईतवार १२:२९