कोरोना संक्रमितको संख्या १ लाख हजार ६७६ पुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोरोना संक्रमितको संख्या १ लाख हजार ६७६ पुगे



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख हजार ६७६ पुगेको छ ।

आजका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ६०० जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् । हालसम्म नेपालमा ७३ हजार २३ जना संक्रमणबाट मुक्त भएका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार १८:१३