माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन



काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधवारको अन्तिम शेयरमूल्य रू. २४८ को आधारमा मूल्य समायोजन गरी बोनस शेयरपछिको मूल्य रू. २३१ दशमलव ७१ तोकेको हो ।

माछापुच्छ्रे बैंकले बैंकले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २२ गते बिहीवार एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

बैंकले लाभांश सहित विविध प्रस्ताव पारित गर्न कात्तिक ६ गते २२ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस वर्ष बैंकले वाणिज्य बैंकहरुमध्य सबैभन्दा पहिला साधारण सभा गर्न लागेको हो । यस वर्ष बैंकले ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

गत वर्षको भन्दा यस वर्ष बैंकको कुल लाभांशमा कमि आएपनि बोनस दर भने बढेको छ । बैंकले गत वर्ष ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार ११:४९