गण्डकी मेडिकल कलेजमा प्रभु बैंकमा एक्स्टेन्सन काउण्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकमा एक्स्टेन्सन काउण्टर



काठमाडाै । गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि.ले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०९ स्थित रहेको मेडिकल कलेजमा प्रभु बैंक लि. ले आज गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. श्री रबिन्द« श्रेष्ठले एक समारोहका विच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।


गण्डकी मेडिकल कलेजमा सञ्चालित बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने बैंकको विस्वार रहेको छ । साथै एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ ।

हाल बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा ब्त्ःः, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार ०६:३८