नागरिक स्टक डिलरमा महेश्वरलाल श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक स्टक डिलरमा महेश्वरलाल श्रेष्ठ नियुक्त



काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मूल कम्पनीको रुपमा रहेको नागरिक लगानी कोष सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिइएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि श्रेष्ठ र सन्तोषराज नेपाल सीईओका लागि सर्टलिष्टमा परेका थिए । उनीहरुसँग शनिबार अन्तरवार्ता र आफ्ना व्यवसायिक योजनाको प्रस्तुतीकरण गरिएको थियो । सो प्रस्तुतीकरणका आधारमा श्रेष्ठलाई सीईओमा नियुक्त गरिएको हो ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार ११:१७