राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र बेच्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र बेच्दै



काठमाडाै । नेपाल राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र ‘ट्रेजरी विल’ निष्काशन गरेको छ। बैंकले ९१ दिन र १८२ दिन अवधिको ऋणपत्रका लागि बोलकबोल गर्ने भएको हो। ९१ दिन अवधिको १० करोड रुपैयाँको ऋणपत्र पुस २१ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको २० अर्बको ऋणपत्र चैत २४ गते परिपक्व हुनेछ। दुवै सरकारी ऋणपत्र पुरानै ऋणपत्र हुन्।

यसअघि निष्काशन गरिएको उक्त ऋणपत्रको म्याद सकिए पछि बैंकले पुनः बोलकबोल आयोजना गर्ने हो। राष्ट्र बैंकले निष्काशन गरेको उक्त ट्रेजरी बिलको बोलकबोल असोज २० गते खुला गरिनेछ।

यसअघि निष्काशन गर्ने तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विलको लागि झण्डै १३ अर्बको लागि आवेदन परेको थियो। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिँदै गएपछि सरकारी ऋणपत्रमा बैंकहरुको बढी आकर्षण देखिएको हो।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १५:३६