सानिमा इक्विटी फण्डले लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा इक्विटी फण्डले लाभांश वितरण गर्ने



सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । योजनाको योजना ब्यबस्थापक सानिमा क्यापिटलको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले सानिमा इक्विटी फण्डका इकाईधनीलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ९ करोड १० लाख प्रतिफल वितरण गर्ने भएको छ ।कम्पनीको योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।

कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १३:३७