नबिल बैंकका ग्राहकलाई आयो अत्यन्त जरुरी सूचना ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकका ग्राहकलाई आयो अत्यन्त जरुरी सूचना !



काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे हाे ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयाेगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयाेगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाे बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेकाे हाे ।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार १७:१३