माछापुच्छ्रे बैंक २१औँ वर्षमा, नयाँ ६ वटा स्मार्ट सेवा सञ्चालन, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंक २१औँ वर्षमा, नयाँ ६ वटा स्मार्ट सेवा सञ्चालन, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता



काठमाडौँ । माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।

ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ ।

बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी ‘एमबिएल स्मार्ट काउण्टर’को पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ ‘स्मार्ट वेवसाईट’ पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत ‘बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन’ दिन सक्ने व्यवस्था मिलाएको छ ।

२०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु पनि संचालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउन्टर पनि संचालनमा ल्याउदैँ छ । त्यस्तैगरी बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् । साथै सबल उत्कृष्ट एवम् विस्तारित पहिचान बनाएको बैंकको २० वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तक माहानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार २२:०४