सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०, हजार हातमा” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०, हजार हातमा”



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६०दिन सम्मचल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको छ ।

सिटीएक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६० दिनलगातार हरेक दिन १ जनाविजेतालाई रु१०,०००उपहार प्रदानगरिने छ ।
कम्पनीकाअनुसार यस“जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”अफर असोज १५गते देखि मंसिर १५गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागीहुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमाकार्यरत कुनै पनिव्यक्तिलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्तितरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।

प्रकाशित : १५ आश्विन २०७७, बिहीबार १२:४१