माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, यस्ता छन एजेन्डा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै ।माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको साधारणसभा आह्वान गरेको छ । बैंकले कार्तिक ६ गते पोखरामा रहेको होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो ।

बैंकको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित् कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश ब्तरण अग्रने प्रस्ताव गरेको हो ।

साधारणसभाले पारित गरेपश्चात लाभांश सेयरधनीहरुमा वितरण हुनेछ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ।

त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले आफ्ना देशभरका १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार १०:११ 1 October, 2020 10:11 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।