अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता, विना धितो ६० प्रतिशत सम्म सहुलियतपूर्ण कर्जाको व्यावस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता, विना धितो ६० प्रतिशत सम्म सहुलियतपूर्ण कर्जाको व्यावस्था



काठमाडाै । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच कर्जा तथा सहुलियतमा विशेष सुविधाका पाउने गरि सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिप विजनेश अफिसर, सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान पाउने छन् ।


ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका Dost model का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध हुनेछ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा Brand Awareness का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता भएको जानकारी दिए ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १९:४१