युनाइटेड फाइनान्सले ल्यायो आकषर्क ब्याजदरमा यस्तो योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड फाइनान्सले ल्यायो आकषर्क ब्याजदरमा यस्तो योजना



काठमाडाै । नेपालीहरुको महान पर्व वडा दशै, तिहार तथा छठ पर्वको पावन अवसरमा युनाइटेड फाइनान्स लिमिटेडले आकषर्क ब्याजदरमा लामो समायावधिको यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेपू योजना संचालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघ संस्थाहरु सहभागी हुन पाउने छन् ।

नेपालको प्रतिष्ठत व्यापारिक घरानाको लगानीको साथ साथै भारतको प्रतिष्ठित मुथुट फाइनान्स समेतको रणनीतिक साझेदार रहेको यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलय बाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी बिभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य बिभिन्न कर्जा सुबिधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुबिधाको साथसाथै अन्य बित्तीय सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेपूको लागी बैकको कुनै पनि शाखा तथा मुख्य कार्यलय दरवारमार्ग काठमाण्डौमा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १६:२८