मेगा बैंक नेपालले निजी विद्यालयलाई कर्जा सुविधा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंक नेपालले निजी विद्यालयलाई कर्जा सुविधा प्रदान गर्ने



काठमाडाै । मेगा बैंक नेपालले निजी विद्यालयलाई कर्जा सुविधा प्रदान गर्ने भएको छ । बैंकले प्याब्सन र एनप्याब्सनसँग आवद्ध निजी विद्यालयहरुलाई सस्तो ब्याजदरमा कर्जा प्रदान गर्ने भएको हो ।

बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैयाँसम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ ।

यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ । यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।


कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो ।

विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १५:२५