नेपाल ल्युब ओइलको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल ल्युब ओइलको लाभांश घोषणा



काठमाडाै । नेपाल ल्युब ओइल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । कम्पनीले कार्तिक ५ गते बुधबार सभा आह्वान गरेको छ । कम्पनीले जुम प्रविधि मार्फत सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षक प्रतिवेदन र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश गर्ने छ ।

त्यस्तै सभामा कम्पनीको चुक्ता पुँजी ३ करोडबाट ५ करोड पुर्याउने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ देखि कार्तिक ५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १५:१७