सूचिकृत कम्पनीहरू नविकरण शुल्क बुझाउन नेप्सेको ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूचिकृत कम्पनीहरू नविकरण शुल्क बुझाउन नेप्सेको ताकेता



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचिकृत कम्पनीहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

नेप्सेले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे अनुसूची ३ (क) र (ख) मा भएकाे व्यवस्था बमाेजिम आर्थिक वर्ष २०७७/७८ काे धिताेपत्रकाे वार्षिक नविकरण शुल्क बुझाउन बाँकी भएका कम्पनीहरूलाई नविकरण शुल्क बुझाउन आग्रह गरेकाे हाे ।

शुल्क बुझाउन बाँकी कम्पनीहरूले तलकाे सूचनामा उल्लेख गरिए बमाेजिम नेप्सेकाे ग्लाेबल आईएमइ बैंक लिमिटेडकाे ७५०१०१००००७७५ खाता नम्बर भएकाे Nepse Operating Account काे नाममा शुल्क बुझाउनु पर्नेछ ।

त्यसैगरी ताेकिएकाे समयमा शुल्क नबुझाए नविकरण शुल्ककाे वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने समेत नेप्सेले जनाएकाे छ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १५:०७