नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभाको लागि असोज १४ गते बुक क्लोज गर्न एनिर्ने गरेकोले आज असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।

कम्पनीले असोज २८ गते बुधबार काठमाडौँको नागार्जुन स्थिति होटेल रानीबनमा सभा आह्वान गरेको गरेको हो । सभामा कम्पनीले लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ मुनाफाबाट १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । प्रस्तावित लाभांशपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्ने छ । त्यस्तै कम्पनीको अधिकृत पुँजी ६४ करोड पुग्ने छ। त्यस्तै सभामा कम्पनीको संस्थापक र साधारण शेयर स्वामित्व ७०:३० लाइ परिमार्जन गरि ५१:४९ कायम प्रस्ताव पेश हुने छ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १०:४९