आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले अन्य २ लघुवित्तसँग मर्जर सम्झौता गरेपछि नेप्सेमा कारोबार रोक्का भएको हो ।

लघुवित्तले बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्तसँग शुक्रबार बागलुङ बजारमा मर्जर सम्झौता भएको हो । सम्झौतापत्रमा आरम्भ चौतारीका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपालका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले हस्ताक्षर गरेका छन् । माघ महिना भित्र एकिकृत कारोबार गर्ने लक्ष्य सहित मर्जर सम्झौता भएको हो ।

सिवाईसी नेपाल र शालिग्रामले सर्वसाधारणका लागि आईपिओ निष्काशन नगरेकोले मर्जर पश्चात एफपिओको निष्काशन हुनेछ ।

प्रकाशित : ११ आश्विन २०७७, आईतवार १०:५९