सानिमा लाइफमा अगम मुखिया नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाइफमा अगम मुखिया नियुक्त



काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा अगम मुखिया नियुक्त भएका छन् ।

मुखियालाई सीईओ नियुक्त गर्न कम्पनी सञ्चालक समितिको सिफारिसलाई बीमा समितिले अनुमति दिएको हो ।

मुखिया यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका डेपुटी सीइओ थिए । रिलायबलमा ४ वर्षसहित मुखियाको बीमा क्षेत्रमा करीब १५ वर्षको अनुभव रहेको छ । उनले नेपाल लाइफ इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा करीब १० वर्ष काम गरेका थिए ।

मुखियाले काठमाडौँ युनिभर्सिटीबाट ब्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट विज्ञान(फिजिक्स)मा र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेशनमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार १५:१६