नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्र निष्कासनको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।


बैंकले प्रति इकाई १ हजार दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न चाहेको हो । जसमध्ये युनिटमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।


‘८.५% सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४’ नाम रहेको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ ।

प्रकाशित : ८ आश्विन २०७७, बिहीबार ११:४१