नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बिकेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बिकेन



काठमाडाै । नागरिक लगानी कोषको दोस्रो पटक लिलामीमा राख्दा पनि ५० हजार कित्ता सेयर बिक्री भएको छैन । दुई पटक लिलाममा राख्दा समेत सोही कित्ता शेयर बिक्री नभएपछि प्रिमियर इन्स्योरेन्सले अब आफैसँग राखेर हकप्रद भर्ने भएको छ । नागरिक लगानी कोषको शेयर दुई दुई पटक लिलाम गर्न सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कसैले किन्न चासो नदेखाएको कम्पनीले जनाएको छ ।

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न प्रतिकित्ता दुई हजार ३०० न्यूनतम मूल्य तोकेर सूचना प्रकाशित गरेको थियो । पछिल्लो पटक गत भदौं २८ गतेदेखि असोज ४ गतेसम्म उक्त लिलामीको शेयरमा आवेदन दिन सकिने गरी खुल्ला गरेको थियो ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार १३:५१