शेयर बजारमा पहिरो, कुन कम्पनीको कति भयो कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा पहिरो, कुन कम्पनीको कति भयो कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज २२.९१ अंकले शेयर बजार घटेको छ । १.४६ प्रतिशतले घट्दा नेप्से परिसूचक १५४६.१५ अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज १९९ कम्पनीका ७७ लाख २१ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७६ करोड ५४ लाख ७९ हजार ५ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकोमध्ये नेपाल बैंक लिमिटेडको ५ लाख ८१ हजार कित्ता भन्दा बढी शेयर कारोबार भएको छ । २ प्रतिशतभन्दा बढीको मूलय गिरावट हुँदा पनि नेपाल बैंकको शेयरको माग बढी भएको देखिएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा सबैभन्दा बढी कित्ता कारोबार हुने कम्पनीको नेशनल हाइड्रोपावर कम्पनी जसको २ लाख ६० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । त्यसैगरि, कुमारी बैंकको २ लाख २० हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ भने शिखर इनस्योरेन्सको २ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ ।

वाणिज्य बैंकहरुमध्ये शेयरको कम मूल्य भएको सिभिल बैंकको पनि मंगलबार २ लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेपाल क्रडिट एण्ड कमर्श बैंकको १ लाख ४७ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकको १ लाख १२ हजार, बैंक अफ काठमाडौंको १ लाख २६ हजार, मेगा बैंकको १ लाख १५ हजार, अरुण भ्याली हाइड्रोपावर लिमिटेडको १ लाख ५० हजार कित शेयर कारोबार भएको छ ।

यसैगरि, अरुण काबेली पावर लिमिटेडको १ लाख ३५ हजार, पुनरबिमा कम्पनीको १ लाख ४२ हजार, रिलायन्स लाईफ इन्स्योरेन्सको १ लाख १० हजार, नेपाल बङ्लादेश बैंकको १ लाख १३ हजार, एनएमबी बैंकको १ लाख ७४ हजार र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडको १ लाख ९ हजार बराबरको शेयर किनबेच भएको छ ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलवार १५:३९