एनआईसी एशिया क्यापिटल अन्तरर्गतका दुई योजनाद्वारा प्रतिफल वितरण शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटल अन्तरर्गतका दुई योजनाद्वारा प्रतिफल वितरण शुरु



काठमाडौं । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले असोज ६ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरेका छन् । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यी दुवै योजनाले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल वितरण गरेका हुन ।

एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीहरुलाई कर सहित १२ प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत प्रतिफल सम्बन्धित इकाईधनीहरुको बैंक खातामै जम्मा गर्न सुरु गरिएको हो ।

यो प्रतिफलका लागि दुवै योजनाले एकै दिन भदौ २५ गते बुक क्लोज गरेका थिए । यस आधारमा भदौ २४ गतेसम्म कारोबार भई कायम रहेका इकाईधनीहरुले मात्र यो प्रतिफल प्राप्त गर्नेछन् । यी दुवै योजनाले प्रतिफले साउन २७ गते सार्वजनिक गरेका थिए ।

आफ्नो प्रतिफल प्राप्त भए नभएको एकिन गरी हालसम्म बैंक खाता अद्यावधिक नगरेकाहरुलाई यथासिघ्र अद्यावधिक गर्न पनि दुबै योजनाले अनुरोध गरेका छन् । साथै आफ्नो इकाई धितो राखेकाहरुको हकमा भने सम्बन्धित बैंक तथा िवत्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने जानकारी योजनाहरुले गराएका छन् ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलवार १३:२३