एनएमबि बैंकको ४९ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको ४९ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार एनएमबि बैंकको ४९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई गाभेपछि कन्चनतर्फको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आय पछि लगानीकर्ताले यी शेयरखरिद बिक्रि गर्न सक्ने छन् । एनएमबिले कन्चनलाई १००:८५ को स्वापमा गाभेको हो । अर्थात कन्चनको १०० कित्ता शेयर हुनेले एनएमबिको ८५ कित्ता शेयर पाउने छन् ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलवार १२:५०