शेयर बजारमा उकालाे यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा उकालाे यात्रा



काठमाडाै । शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३ अंकले बढेर एक हजार ५७५.१८ मा पुगेकाे छ । नेप्से ०.१९ प्रतिशतले बढेकाे हो ।

नेप्सेका अनुसार आज २ अर्ब ७४ करोड २७ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा होटल, डेभलपमेन्ट बैंक र बैंकिङबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज १८८ कम्पनीका ९२ लाख १७ हजार ५ सय ४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ बराबरको कारोबार भयो ।

आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी किनबेच भएको छ ।

रिलायन्सको १९ करोड ४७ लाख ३७ हजार ९ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार १५:२९