लिवर्टी इनर्जीको कतिमा भयो पहिलो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लिवर्टी इनर्जीको कतिमा भयो पहिलो कारोबार ?



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३ सय रूपैयाँमा भएकाे छ । कम्पनीकाे ३ हजार २ सय ६० कित्ता शेयर प्रति कित्ता ३ सय रूपैयाँमा भएकाे हाे ।

शुक्रबार कम्पनीकाे १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे भने नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म को कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार १२:१८