मेगा बैंकले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने



काठमाडौं । मेगा बैंक नेपालले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता संस्थापक शेयर र ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता सर्वसाधारण शेयर लिलामी गर्न लागेको हो ।

लिलामी शेयरमा असोज १८ गतेसम्म आवेदन दिन सकिने छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै ब्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीद गर्न चाहेमा भिन्दाभिन्दै शिलबन्दी आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

शेयर खरदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन सकिनेछ ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार ११:५२