एनआईसी एसिया बैंकले सूर्य लाईफको संस्थापक सेयर बिक्रि गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैंकले सूर्य लाईफको संस्थापक सेयर बिक्रि गर्दै



काठमाडाै । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्य लाईफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ३९ हजार १ सय कित्ता संस्थापक सेयर बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ताले सुचना प्रकाशन गरेको सात दिन भित्र अर्थात असोज ९ गतेसम्म आवेदन दिनुपर्ने छ । बोलकबोल गर्दा न्यूनतम एक सय र अधिकतम ३९ हजार १ सय कित्तामा आवेदन दिन सकिने छ ।

आवेदन दिँदा प्रति कित्ता के कति दर भाउमा लिन बकुल गर्ने हो गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरिएको छ ।

बोलपत्र आवेदन फारम तथा आवेदन दिनेका लागि एनआईसी एसिया क्यापिटल, एनआईसी एसिया बैंक थापाथाली, शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत काठमाडौंको कमलादीमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार १४:४२