कोभिड–१९ प्रभावित यातायात व्यवसायलाई कामना सेवा विकास बैकको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोभिड–१९ प्रभावित यातायात व्यवसायलाई कामना सेवा विकास बैकको छुट



काठमाडाै । कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको हुंदा कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आउनु भएका ग्राहक महानुभावहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारी बैंकले छुट दिदै आएको छ ।

कामना विकाश बैंकले श्रावण महिनाको ब्याजमा यातायात व्यवसायीहरुलाई ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई ७० प्रतिशत छुट दिने भएको छ । बैंकले कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै सहुलियतमा ब्याज छुट दिएको हो ।

यो योजनामा यातायात व्यवसायीहरुका लागि पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने जनाएको छ ।

साथै सम्र्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ ।

बैंकले हाल १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार ११:२२