सेयर बजारमा दोहोरो अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडाै । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक आज २ प्रतिशत अर्थात ३० दशमलव ७८ अंकले बढेर १५७२ दशमलव १९ बिन्दुमा रोकिएको छ ।

आज कारोबारमा आएका १९१ कम्पनीको १ करोड १७ लाख ५९ हजार ७ सय ९१ कित्ता सेयर बिक्रि हुँदा ३ अर्ब ३० करोड १ लाख ३४ हजार १२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज निर्जिबन बिमा कम्पनीबाहेकका सबै उपसूचकहरुमा हरियाली छाएको छ । होटलको समुहको उपसूचक सबैभन्दा बढी अंकले वृद्धि भएको छ ।

त्यस्तै, हाइड्रोपावर समूहमा पनि ८८.३८ विन्दुको बढोत्तरी आएको छ भने डेभलपमेन्ट बैंकको समुहमा ६६.४ विन्दुको बढोत्तरी आएको छ ।

त्यसैगरि आजको कारोबारमा लाईफ इन्स्योरेन्स ४९.८८, फाइनान्स ४१.९५, बैंकिङसमुहमा २८.०७ विन्दुमा बढोत्तरी आएको छ ।

प्रकाशित : १ आश्विन २०७७, बिहीबार १६:४९