जब मन्त्री प्याज किन्न बजार निस्किए.. « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जब मन्त्री प्याज किन्न बजार निस्किए..



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन् ।

कोरोनाभाइरस (कोभिड-१९)को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैं बजार अनुगमनमा निस्किएका हुन ।

अनुगमनकाक्रममा मन्त्री भट्ट बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेका उनका स्वकीयसचिव हितेश ओझाले जानकारी दिए ।

‘मन्त्रीसमक्ष बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासि बढेको गुनासो गरे । अनि, उहाँ आफैं झन्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो’उनले भने, ‘ग्राहक बनेर मन्त्रीले करिब २० केजी प्याजसमेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।’

बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्री वितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ती थोक पसललाई कारबाही गर्न निर्देशनसमेत दिनुभएको उनका स्वकीयसचिव ओझाले बताए ।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज बिक्री गर्ने पसललाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइसकेको छ । अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार २२:२९