काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी एक एक रुपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले भने, पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य यथावत राख्द्रै डिजेल र मट्टितेलको मात्रे मूल्य घटेको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । बुधबार भारतीय आयल कर्पोरेन (आइओसी)बाट डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले साविकको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययाले जानकारी दिए।
यो सँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटिर कायम भएको छ। अन्य पेट्रोल, हवाई इन्धन, एजपी ग्यासँ लगवायतका इन्धनको मूल्यमा कुनै घटबढ नगरिएको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए।
Comment