नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । कम्पनीले कम्पनीमा रहेकाे लगानीयाेग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो ।


कम्पनीले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेकाे जानकारी दिएकाे छ ।


इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर असाेज ५ गते साेमबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार १०:४५