सेयर बजारमा सामान्य सुधार, ३ अर्ब १० करोड भन्दा बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब १० करोड भन्दा बढीको कारोबार



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको दोस्रो दिन आज (सोमबार) झिनो अंकले बढेको छ । नेप्से परिसूचक ३ दशमलव ०८ अंकले बढेर १५४०.३३ बिन्दुमा पुगेको छ ।

यो दिन कारोबारमा आएका १९० कम्पनीका ८५ लाख ५१ हजार ३ सय ६३ कित्ता सेयर बिक्रि हुँदा ३ अर्ब १० करोड ३३ लाख ६८ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन १२ वटा समुहको उपसूचकमध्ये जम्म पाँचओटा उपसूचक बढेका छन् भने ७ वटाको उपसूचकमा गिरावट आएको छ । जसमध्ये बैंकिङ, ट्रेडिङ, विकाश बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचुअल फन्ड बाहेकका अरु समुहको उपसूचक घटेको हो ।

आज अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै(१०प्रतिशत) कमाएका छन् भने राष्ट्रिय बिमा कम्पनी लिमिटेड प्रमोटेड सेयर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार १५:३७