कविता – आगो बलेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कविता – आगो बलेन



भारि बोक्ने भरिया दाई को नाम्लो आज
बेकामि भो
र त आज उनक‍ो घरमा आगो बलेन
कपाल काट्ने नाई दाईको कैचि चलेन

र त आज उनको घरमा चुलो बलेन
जुत्ता टाल्ने मोचेकाचि घरमै सुतिरेछ
त्यसैले त उनको घरमा ताउलो बलेन

मन्दिरमा पुजारिको पुजा चलेन
त्यसैले त उनक‍ो घरमा भुजा चलेन
डकर्मि र सिकर्मि का बाहु चलेन

सुनिदै छ उनको घरमा ताउल‍‍ो जलेन
चोलि सिउने दर्जि दाईको कल बन्द छ

फालि पिट्ने गोरे दाईको अारन खालि छ
पशिनामा जिउने लाई जिवन भारि छ ।

पशिनामा जिउने लाई जिवन भारि छ !

बैकुण्ठ दाहाल

२०७७/३/९

प्रकाशित : २८ भाद्र २०७७, आईतवार ०८:२२