राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ



काठमाडाै । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका हुन् ।

यो मुद्दाको अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ ।

प्रकाशित : 16 June, 2026 12:45 pm